आइतवार, माघ २७, २०८१

हमास-इजरायल युद्दबिराम आइतवार देखी लागु हुनेछ


कान्तिपथ


दोहा । इजरायल र हमास बिचको युद्दबिराम आइतवार देखी लागु हुने भएको छ ।

 कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजीज अल थानीका अनुसार आइतवार देखी युद्दबिराम लागु हुने बितिक्कै गाजामा खाधान्न र स्वास्थ्य सामाग्रीलगायतका समान बोकेका ट्रकहरू प्रवेश गर्न थाल्नेछन ।

 उनका अनुसार सो क्रममा हमासले हमासले ३३ बन्धकहरूलाई रिहा गर्नेछ भने र इजरायलले सयौं प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने जनाइएको छ ।

सो सहमति पछि इजरायली मन्त्रीपरिषदले अनुमोदन गर्ने गरी तयारी सुरू भएको इजरायली मिडियाले जनाएका छन । कतार र अमेरिकाको पहलमा यो युद्बबिराम हुन लागेको हो ।

 
यो युद्दबिरामममा अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सहकार्य भएको जनाइएको छ, यो युद्बबिरामलाइ विश्वभरबाट स्वागत गरिएको छ ।

 संयुक्त राष्ट्र संघले सेवा र उद्दारका लागि ट्रकहरू तयार पारिएको जनाएको छ । युद्दबिराम लागु हुने बितिक्कै थप सहायता ट्रकहरू गाजापट्टीमा प्रवेश गर्न सुरू गर्ने उसले जनाएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत