शुक्रबार, फाल्गुन २, २०८१

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ


कान्तिपथ


काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ३७ वर्षीय रमेश चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

रमेशले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ३२ हजार ५ सय रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँबसपार्कबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत