आइतवार, माघ २७, २०८१

ओली पोखरा पुग्दा प्रचण्ड पुगे चितवन


कान्तिपथ


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेका छन् ।

 पोखरामा ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन् ।

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा पुगेका प्रधानमन्त्री ओलीले  १७ करोडको लागतमा बनेका भवनको उदघाटन गरेका हुन् ।

उता, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने चितवन पुगेका छन् ।

 पार्टीको स्थानिय कार्यक्रममा सहभागी हुनका लागि चितवनको माडी पुगेका प्रचण्डलाइ स्थानियले भब्य स्वागत गरेका छन् ।

आज हुने भनिएको संघीय संसदका बिपक्षी दलको पत्रकार सम्मेलन स्थगित गरी प्रचण्ड बिहानै माडी पुगेका हुन् । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत