शुक्रबार, फाल्गुन २, २०८१

सैफ अली खानको ढाडवाट निकालियो २ इन्चको चक्कुको टुक्रा


कान्तिपथ


मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईस्थित उनको घरमा भएको हमलाले बलिउड र उनका फ्यानलाई स्तब्ध बनाएको छ । 

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । आक्रमणकारी मध्यरातमा पोस सोसाइटीको फ्ल्याटमा कसरी प्रवेश गरे भन्ने प्रश्न उठिरहेको छ ।

अभिनेता सैफलाई उनको बान्द्राको फ्ल्याटमा बिहान १ देखि २ बजेको बीचमा अज्ञात व्यक्तिले चक्कु प्रहार गरेको थियो, जसमा उनी घाइते भएका थिए र शल्यक्रियाका लागि अस्पतालमा भर्ना भएका थिए। 

लीलावती अस्पतालका सीओओ डा नीरज उत्तमानीका अनुसार सैफ अली खानको शरीरमा ६ घाउ देखिएको छ, जसमध्ये २ गहिरो रूपमा रहेका छन् । 

एउटा घाउ उनको मेरुदण्डको नजीक र अर्को घाँटीमा छ। उनको शल्यक्रिया सकिएको छ । 

 उनको दुईवटा गहिरो घाउमा प्लास्टिक सर्जरी गरिएको लीलावती अस्पतालका चिकित्सकले बताएका छन् । लिलावती अस्पतालका चिकित्सकले सैफको शरीरमा चक्कुको टुप्पोको दुईवटा निशान घाँटीमा रहेको मिडियालाई बताएका छन् ।

 उनका अनुसार सबैभन्दा ठूलो घाउ उनको मेरुदण्डमा थियो । डाक्टरले भने– ‘हामीले मेरुदण्डबाट यति ठूलो (औँलाको इशाराले) साढे दुई इन्चको चक्कुको टुक्रा निकालेका छौं ।’

 यतिखेर अस्पतालमा श्रीमती करिना, छाेरी सारा अलि खानसहित परिवारका अन्य सदस्य अस्पतालमा पुगेका छन् । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत