आइतवार, माघ २७, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ताको तयारी

सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ताको तयारी


कान्तिपथ


काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुने भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा रविसहित थप १४ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो। यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भइसकेको छ ।

रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित रुपन्देही जिल्ला अदालतमा बिहीबार नै मुद्दा दर्ताको तयारी सरकारी वकिल कार्यालयले गरेको छ ।

यदि बिहीबार कुनै प्राविधिक कारणले मुद्दा दर्ता नभए शुक्रबार मुद्दा दर्ता गरिने सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

प्रहरीले गत शुक्रबार नै दुई प्रतिवेदन सरकारी वकिलको कार्यालय बुझाएको थियो । प्रहरीले दिएको सुरु प्रतिवेदनका २८ जना र पूरक जाहेरीका आधारमा रवि र छविसहित १४ जना थप गरेर प्रहरीले ४२ जनालाई मुद्दा चलाउनु पर्ने राय प्रतिवेदनमा दिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत