आइतवार, माघ २७, २०८१

मानवअधिकारसहित संसदका दुई समितिको बैठक बस्दै


कान्तिपथ


काठमाडौं । संघीय संसद अन्तर्गतका २ समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा राष्टिय मानव अधिकार आयोगको काम कारबाहीको हालको अवस्थाका बारेमा छलफल गरिने भएको छ । जुन बैठक बिहान ११ः०० बजे बस्नेछ ।

यसैगरी, बिहान १०ः३० बजेका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । जुन बैठकमा पुरानै अजेन्डा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने समितिले जनाएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत