काठमाडौँ । दलित महिला सङ्घ (फेडोे)ले दलित समुदायबाट पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गरेको छ ।
फेडोद्धारा आज आयोजित सम्मान कार्यक्रममा फेडोका संस्थापक अध्यक्ष दुर्गा सोव र महासचिव रेणु सिजामतिले भर्खरै सम्पन्न नेपाल पत्रकार महासङ्को निर्वाचनबाट निर्वाचित दलित समुदायका पत्रकारलाई सम्मान गरेकाे हाे ।
फेडोले महासङ्घका उपाध्यक्ष उमित बागचन्द, सचिव प्रकाश धौलागिरी, केन्द्रीय सदस्य रिता बुढाथोकी, पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशका सचिव रमेश टमाटा, सोही प्रतिष्ठानका कार्यसमिति सदस्य ईश्वरी विश्वकर्मा र महासङ्घ भक्तपुर जिल्लाका कार्यसमिति दिस्य अन्जित सिंह बिकलाई सम्मान गरेको छ ।
सोही अवसरमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का उपाध्यक्ष सोवले विषयवस्तु र सहभागिताको हिसावले सरकारी र नीजि क्षेत्रका आमसञ्चार माध्यम समावेशी बन्नुपर्नेमा जोड दिए ।
“दलित समुदायबाट पत्रकार महासङ्घको पदाधिकारी वा कार्यसमिति सदस्यमा निर्वाचित हुनु मात्रै ठूलो कुरा होइन, दलित समुदायबाट प्रतिनिधित्व गर्ने पत्रकारले महासङ्घमा रहँदा आफ्नो कार्यकाल अवधित्रि दलित समुदायका पत्रकारका लागि के काम गर्यो भन्ने महत्वपूर्ण कुरा हो, त्यसैले जो अहिले निर्वाचन जितेर महासङ्घमा पुग्नु भएको छ, उहाँहरु दलितका पत्रकारको हक हितको पक्षमा बढी लाग्नुपर्छ”, उनले भने ।
महासङ्घका नवनिर्वाचित उपाध्यक्ष बागचन्दले आफू महासङ्घमा रहुनजेल दलित समुदायका पत्रकारको हक हितसँगै समावेशिताको पक्षमा काम गर्नेप्रतिबद्धता व्यक्त गरे ।
खासगरी सरकारी र नीजि सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तुसँगै भौतिक सहभागिताको निम्ति काम गर्ने उनको भनाइ छ ।
महासचिव सिजापतिले नेपालको संविधानमै दलित समुदायको समानुपातिक सहभागिताको व्यवस्था गरेको सन्दर्भ उल्लेख गर्दै राज्यको चौँथो अङ्ग सञ्चारमाध्यम सबै हिसावले समावेशी बन्नुपर्ने धारणा राखे ।
महिलावादी दलित सङ्गठन (फेडो) नेपालमा जातीय र लैङ्गिक भेदभाव उन्मूलन गर्ने जोशका साथ दलित महिलाहरूको समूहद्वारा सन् १९९४ मा एक गैर–लाभकारी, गैरराजनीतिक र धर्मनिरपेक्ष गैर–सरकारी संस्थाको रूपमा स्थापना भएको थियो ।
यो दलित अधिकार र महिला अधिकारको एकै साथ वकालत गर्ने अग्रगामी संस्था हो ।
यो लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा एक प्रमुख स्रोत सङ्गठनको रूपमा खडा छ ।
‘न्यायपूर्ण र समतामूलक समाज’ को दर्शनका साथ, फेडोले दलित महिलाहरूलाई आफ्नो पहलको केन्द्रबिन्दुमा राख्दै आएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ