काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका उनी जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएको एक सातापछि काठमाडौं अदालतमा हाजिर भएका हुन् ।
उनीविरुद्धको मुद्दा न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा रहेको छ ।
जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ