आइतवार, माघ २७, २०८१

अमेरिकामा टिकटक बन्द


कान्तिपथ


काठमाडौँ ।  टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको छ । अमेरिकी सरकारले जनवरी १९ देखि प्रतिबन्ध लगाउनु केहि घण्टा अघि नै टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको जानकारी दिएको हो ।

अमेरिकाले टिकटकमा चिनियाँ लगानी रहेको र अमेरिकी प्रयोगकर्ताको सुचनामा चीनले पहुँच बनाएको भन्दै टिकटकलाई अमेरिकी लगानी कर्तालाई बेच्न वा प्रतिबन्ध लगाउन कानुन बनाएको थियो । यो कानुन गत बर्षनै अमेरिकी संसदले पारित गरेको थियो । यसका लागि अमेरिकाले टिकटकलाई जनवरी १९, २०२५ सम्मको समय दिएको थियो ।

अहिलेसम्म टिकटकले आफ्नो अमेरिकाको स्वामित्व अमेरिकी लगानीकर्तालाई दिने विषयमा कुनै कदम नचालेपछि कानुन अनुसार टिकटक प्रतिबन्धमा पर्ने भएको थियो ।

यसैबीच अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिन लागेकाले उनको शपथपछि यो विषयको समाधान हुने विश्वास व्यक्त गरिएको छ । यद्यपी ट्रम्पले टिकटकलाई केहि दिन थप समय दिनसक्ने अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । वर्तमान राष्ट्रपति जो बाइडेनले भने यस विषयमा अब नयाँ राष्ट्रपतिले नै निर्णय लिने भन्दै टिकटकको विषयमा कुनै ठोस निर्णय नलिएर विदा हुने भएका छन् ।

अमेरिकामा टिकटकका सबैभन्दा बढी १७० मिलियन भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत