गाजा, ६ माघ । अन्ततः हमास र इजरायलका बिचमा युद्बबिराम आजवाट लागु हुदैँछ ।
हिजाे ६ घन्टा लामाे इजरायली मन्त्री परिषदकाे बैठकमा भएकाे घच्चाघच्ची पछि युद्बबिराम सम्झाैता अनुमोदन गरिएकाे थियाे । अब याे युद्दबिराम आइतवार अर्थात आजवाट लागु हुदैँछ ।
समाचार अनुसार युद्धविरामको कार्यान्वयन आइतबार बिहान ८ः३० बजे सुरु हुने कतारको बिदेश मन्त्रालयले जनाएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ताले गाजाको स्थानीय समय अनुसार आइतबार बिहान ८ः३० बजेबाट गाजामा युद्धविराम सुरु हुने घोषणा गरेका हुन्।
‘हामी हाम्रा भाइहरूलाई सतर्क रहन, अत्यन्त सावधानी अपनाउन र आधिकारिक स्रोतहरूबाट निर्देशनहरू पर्खन सल्लाह दिन्छौं,’ प्रवक्ता माजेद अल अन्सारीले अरबीमा सामाजिक सञ्जाल एक्समा लेखेका छन ।
हमास र इजरायलका बिचमा युद्बबिराम गराउन कतारले उल्लेखनीय भुमिका खेलेको छ । उसैको पहलमा १५ महिना लामो युद्द रोकिन लागेको हो । जसले मध्य पुर्वमा शान्ति छाउने विश्वास ब्यक्त गरिएको छ ।
युद्बबिराम घाेषणा पछि १२२ काे मृत्यु
तर, युद्बबिराम भएको घोषणा भए पछि भएका इजरायली हमलामा परी गाजामा मृत्यु हुनेको संख्या १२२ पुगेको त्यहाँको नागरिक रक्षा मन्त्रालयले जनाएको छ ।
हमास र इजरायल युद्धविराममा सहमत भएदेखि ३३ बालबालिका र ३४ महिला सहित कम्तिमा १२२ प्यालेस्टाइनी मारिएको एन्क्लेभको नागरिक रक्षा बिभागले जनाएको हाे ।
हालसम्म ४६ हजार ८९९ प्यालेस्टाइनीकाे मृत्यु
गत ८ अगस्त २०२३ देखी सुरू भएको युद्धमा ४६ हजार ८९९ प्यालेस्टाइनी मारिएको अन्तिम तथ्यांक सार्बजनिक भएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले युद्बबिराम अघिसम्मको अन्तिम बिवरण सार्बजनिक गर्दै इजरायली आक्रमणबाट भएको दैनिक हताहतको अपडेट जारी राख्दै कुल संख्या सार्बजनिक गरेको हो ।
उसको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टाको रिपोर्टिंग अवधिलाइ समेत जोडेर युद्ध सुरु भएदेखि हालसम्म मारिएका व्यक्तिहरूको संख्या २३ ले बढेर ४६ हजार ८९९ पुगेको उल्लेख छ ।
बितेको २४ घन्टाको सोही अवधिमा अन्य ८३ जना घाइते भएका थिए छन भने युद्ब सुरू भए देखी १ लाख १० हजार ७२५ गम्भिर रूपमा घाइते भएको उसले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ