बुधबार, चैत्र १३, २०८१

नेपाल बैंकको नाफासँगै प्रति सेयर आम्दानी पनि घट्यो


गणेश विक


काठमाडौं । नेपाल बैंकको खुदनाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी २१.८७ प्रतिशत घटेको छ ।

यसअवधिमा खुद नाफा २१.८७ प्रतिशतले घटेर ४६ करोड १० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५९ करोड ५१ ह्जार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै यसको खुद नाफा प्रभावित भएको हो । यसअवधिमा खुद ब्याज आम्दानी ०.१६ प्रतिशतले घटेर ४ अर्ब ६२ करोड ६६ लाख रुपैयाँमा आएको छ । यता, सञ्चालन आम्दानी ४५.३५ प्रतिशतले घटेर ४१ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ । 

पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७६ पैसाले घटेर ६ रुपैयाँ २७ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ ९६ पैसा छ । चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत