बिहिबार, चैत्र ६, २०८१

एभरेष्ट बैंककाे २ अर्बले नाफा बढ्याे


गणेश विक


काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले खुद नाफा बढेको छ ।

बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ कमाएको हो ।

अघिल्लो वर्षको यसैअवधिको तुलनामा यसअवधिमा नाफा २१.११ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै यसको खुद नाफा बढेको हो ।

 खुद ब्याज आम्दानी १९.११ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

यता, सञ्चालन आम्दानी पनि २६.९७ प्रतिशतले बढेर ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ । 

गत वर्ष ४३ करोड २३ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ३४ करोड ९५ लाख ९८ हजारु रुपैयाँ आएको छ ।

आरओई १४.५५ प्रतिशत छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ९४ पैसा बढेर ३२ रुपैयाँ ०६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा छ । चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ छ । 
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत