आइतवार, चैत्र १०, २०८१

ग्लोबल आइएमई बैंकले ३ अर्ब नाफा कमायो


गणेश विक


काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकले ४९.५१ प्रतिशतले खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ नाफाले बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यता, बैंकको खुद ब्याज आम्दानी भने ४.४१ प्रतिशतले घटेर १० अर्ब ३८ करोड ३९ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी खुम्चिएपनि इम्पेयरमेन्ट चार्ज घट्दा यसको खुद नाफा बढ्न टेवा पुगेको हो । गत वर्ष ४ अर्ब १३ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष २ अर्ब २० करोड रुपैयाँमा झरेको छ ।

पुस मसान्तसम्म आइपुदा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसाले बढेर १६ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा छ । चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ । आरओई ९.६९ प्रतिशत छ । 
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत