आइतवार, माघ २७, २०८१

नबिल बैंकको वित्तीय विवरण सार्वजनिक: नाफा सवा ३ अर्ब


कान्तिपथ


काठमाडौं। नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफा सामान्य १.२९ प्रतिशतले बढेको छ । यसअवधिमा खुद नाफा १.२९ प्रतिशतले बढेर ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको थियो । 

यता, खुद ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी खुम्चिए पनि इम्पेयरमेन्ट चार्ज घट्दा खुद नाफामा सामान्य सुधार आएको हो । गत वर्ष १ अर्ब ९७ करोड १७ लाख ९१ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ३५ करोड रुपैयाँमा आएको छ । 

दोस्रो त्रैमाससम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३१ पैसाले बढेर २४ रुपैयाँ ०५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ०१ पैसा छ । चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत