आइतवार, माघ २७, २०८१

सिद्धार्थ बैंक : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५३ करोड २ लाख कमायो


कान्तिपथ


काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५३ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत आवको यसै अवधिको तुलनामा ५३.३६ प्रतिशतले घटेको हो । गत आवको यसै अवधिमा 

बैंकको खुद ब्याज आम्दानी ०.३० प्रतिशत तथा सञ्चालन आम्दानी ४.४० प्रतिशतले सामान्य आम्दानी आएपनि इम्पेयरमेन्ट चार्ज भारी मात्रमा बढेपछि नाफा उच्चदरले घटेको हो ।

तर, इम्पेयरमेन्ट चार्ज १ अर्ब १८ करोडबाट बढेर २ अर्ब २६ करोड पुगेको छ । इम्पेयरमेन्ट चार्ज उच्च भएपछि सञ्चालन मुनाफा ५४.३७ प्रतिशत घटेको छ ।

बैंकले १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा ३६ करोड १९ लाख रुपैयाँ ऋणात्मक छ ।

सिद्धार्थको खराब कर्जा दर २.५६ प्रतिशत बाट बढेर ४.५० प्रतिशतमा पुगेको छ । हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १४ अर्ब २५ करोड रुपैयाँ जम्मा रहेको छ । पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६५ पैसाले घटेर ७ रुपैयाँ ५३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १९८ रुपैयाँ ६१ पैसा रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत