आइतवार, माघ २७, २०८१

प्रभु बैंकको नाफा ८५.४९ प्रतिशतले बढ्यो


कान्तिपथ


काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्रभु बैंकको नाफा बढेको छ । यसअवधिमा खुद नाफा ८५.४९ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

१ वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । यसको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड कायम भएको छ । बैंकको सञ्चालन नाफा पनि ४५.९५ प्रतिशतले बढेर २ अर्ब ५२ करोड भएको छ । यता, बैंकको खराब कर्जा भने ०.१६ प्रतिशत विन्दुले बढेर ५.०६ प्रतिशत कायम भएको छ । बैंकको नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ ।

प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ३५ पैसा कायम भएको छ । यसको प्रतिशेयर नेटवर्थ १४४.७९ रुपैयाँ छ । पुस मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ । यसको जगेडा कोषमा १३ अर्ब ८७ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने ३ अर्ब ३३ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत