आइतवार, माघ २७, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा, ३८ लाख बिगोदाबी

तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा, ३८ लाख बिगोदाबी


कान्तिपथ


काठमाडौँ । बाराको साबिक आदर्श गाविस (जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत)का सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पदमा रहँदा उनले विभिन्न आर्थिक वर्षमा गाविसका लागि विनियोजन भएको रकम हिनामिना गरी अनियमितता गरेको उजुरी परेपछि भएको अनुसन्धानका क्रममा अठतीस लाख तीस हजार पाँच सय रुपैयाँ भ्रष्टाचार भएको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारका अनुसार गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाइएको विधि पारदर्शी भएको भनी एकिन गर्न सकिने अवस्था नरहेको, निजले सटरहरु उपलव्ध गराउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरू लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरूबाट लिएको आर्थिक वर्ष २०६४/६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी वापतको ३८ लाख ३० हजार रुपैयाँ साबिक गाविसको धरौटी खातामा जम्मा गर्नुपर्नेमा सो नगरी वद्‍नियत राखी अन्सारीले हिनामिना, दुरुपयोग गरेको पाइएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सोही बराबरको रकम बिगोसहित कैद र जरिवाना सजायको मागदाबी लिई सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

साविक आदर्श गा.वि.स. भवानीपुर जीतपुर, बाराका तत्कालीन गा.वि.स. सचिव आस महमद अन्सारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

प्रेस विज्ञप्ति:- मिति २०८१।१०।०७ गते।

साविक आदर्श गा.वि.स. भवानीपुर जीतपुर, बारा (हाल जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेको) का तत्कालीन सचिवले बिभिन्न आर्थिक बर्षमा गा.वि.स.मा विनियोजन भएको रकम हिनामिना गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक आदर्श गा.वि.स. भवानीपुर जीतपुर, बाराका तत्कालीन सचिव आस महमद अन्सारीले साविक आदर्श गा.वि.स. भवानीपुर जीतपुर बारा (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाइएको विधि पारदर्शी भएको भनी एकिन गर्न सकिने अवस्था नरहेको, निजले सटरहरु उपलव्ध गराउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरुबाट लिएको आ.ब.२०६४/६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी वापतको रु.३८,३०,५००/- साविक गा.वि.स.को धरौटी खातामा जम्मा गर्नुपर्नेमा सो नगरी वद्‍नियत राखी निज आस महमद अन्सारीले हिनामिना, दुरुपयोग गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.३८,३०,५००/- (अठतीस लाख तीस हजार पाँच सय रुपैयाँ) कायम गरी ऐ.ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन साथै निजले उक्त धरौटी वापत बिभिन्न १२१ जना व्यक्तिहरुसँग लिएको रकमको विवरण सहितका कागजात तथा अन्य सरकारी सार्वजनिक निकायको कागजात लुकाएको/नोक्सान गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिमको कसुरमा सोही ऐनको दफा १२ बमोजिम कैद र जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत