शनिबार, चैत्र ९, २०८१

लागु औषधसहित ३ जना पक्राउ


गणेश विक


उदयपुर। अबैध लागु औषधसहित ३ जना पक्राउ परेका छन । 

 चौदण्डीगढी नगरपालिका–३ बदेलपानी बस्ने २८ वर्षीया सम्झना राईलाई अवैध लागूऔषध गाँजा करिब ५ किलो ९ सय ९० ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

उता, झापा गाउँपालिका–१ लसुनाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्रामसहित पाँचथर फिदिम नगरपालिका–४ बस्ने १९ वर्षीया रिदिमा बर्देवा समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

साथै, झापा गाउँपालिका–५ पन्थपडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १० ग्राम १५ मिलिग्रामसहित अर्जुनधारा नगरपालिका–५ बस्ने ३० वर्षीय प्रबिण गिरी र कन्काई नगरपालिका–८ बस्ने २५ वर्षीय सुमन राजबंशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१६ प ९००९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएकोछ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत