शनिबार, चैत्र ९, २०८१

युके पठाई दिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ


गणेश विक


काठमाडौं। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ३ जनालाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । 

 पक्राउ पर्नेहरूमा बाग्लुङ ताराखोला गाउँपालिका(३ घर भई काठमाडौं सामाखुशी बस्ने ३४ वर्षीय तिलक बहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका(६ घर भई काठमाडौं बल्खु बस्ने ३६ वर्षीय हरि बहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका(८ घर भई काठमाडौं बानियाटार बस्ने ३४ वर्षीया जमुना परियार रहेका छन् । 

 पक्राउ मध्ये तिलकले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, हरिले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ र जमुनाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तिलकलाई आइतबार तथा हरि र जमुनालाई सोमबार पक्राउ गरेको हो ।  

 उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत