बुधबार, चैत्र १३, २०८१

तालिबानको घोषणा, ‘दुई अमेरिकी रिहा गर्दैछाैं’


गणेश विक


काबुल । अफगानिस्तानको तालिबान सरकारले अमेरिकासँगको बन्दी आदानप्रदान सम्झौतामा थुनिएका अमेरिकीहरूलाई रिहा गर्ने घोषणा गरेको छ ।

 काबुलमा रहेको तालिबान विदेश मन्त्रालयले अमेरिकी नागरिकको नाम वा कति जनालाई रिहा गरिएको बताएको छैन तर दुई दशकअघि पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा गिरफ्तार गरिएका र क्यालिफोर्नियामा आजीवन कारावासको सजाय भोगिरहेका खान मोहम्मदको लागि साटासाट गरिएको बताएको छ।

अफगानिस्तानको इस्लामिक इमिरेट्स र संयुक्त राज्य अमेरिकाबीचको व्यापक र फलदायी वार्तापछि अमेरिकी नागरिकको रिहाइको बदलामा अफगान मुजाहिद खान मोहम्मदलाई अमेरिकी जेलबाट रिहा गर्न सहजीकरण गर्ने सम्झौता भएको थियो। 

 यो जानकारी अफगानिस्तानको बिदेश मन्त्रालयले मंगलबार एक्समार्फत जानकारी दिएको हो ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत