शनिबार, चैत्र ९, २०८१

चर्चित क्रिकेटर लामिछानेलाई क्यानको कारबाही


गणेश विक


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालका सबैभन्दा चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई कारबाही गरेको छ।

आचारसंहिता उल्लंघनको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो।

क्यानले उनलाई एक खेल खेल्न प्रतिबन्ध लगाएको छ।

लामिछानेले जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

बागमती प्रदेशको कप्तानी गरिरहेका सन्दीपले अम्पायरहरूले गलत निर्णय गरेको आरोप लगाउँदै सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि पोखेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत