बुधबार, चैत्र ५, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • गाग्री लिएर धरानबाट काठमाडौं आएका मेयर हर्क रित्तै सिंहदरबार गए

गाग्री लिएर धरानबाट काठमाडौं आएका मेयर हर्क रित्तै सिंहदरबार गए


गणेश विक


काठमाडाैं। खानेपानीको लागि दबाब दिन भन्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सिंहदरबार प्रवेश गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न भन्दै मेयर साम्पाङ मंगलबार सिंहदरबारमा प्रवेश गरेका हुन्।

मेयर साम्पाङ रित्तो गाग्रीसहित प्रवेश गर्न सक्ने भन्दै सिंहदरबार परिसरको सुरक्षा व्यवस्था कडा पारिएको थियो।

धरानमा खानेपानीको समस्या रहेको भन्दै साम्पाङ रित्तो गाग्रीसहित सोमबार काठमाडौं आइपुगेका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत