आइतवार, चैत्र १०, २०८१

चन्द्रपुरमा मोबाईल लुट्ने ३ जना पक्राउ


गणेश विक


सञ्जय मिश्रा ,रौतहट । पूर्व पश्चिम राजमार्गसँग जोडिएको चन्द्रनिाहपुरस्थित मोबाईल लुटपाट गर्ने र लागुऔषधसहित गरी ३ जना पक्राउ परेका छन्।

 चन्द्रनिगाहपुर ट्रमा सेन्टर हस्पिटल अगाडी प्रहरीको टोलीले बिशेष सूचनाको आधारमा चन्द्रपुर– ४ का ३४ बर्षीय प्रचण्डबहादुर थापालाई चेकजाँच गर्दा १ ग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको हो।

 थापा माथी ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरमा लागू औषध सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाई थप अनुसन्धान भईरहेको डिएसपी राजकुमार राईले बताएका छन्।

 उता चन्द्रनिाहपुरस्थित अरुण आयल स्टोर्स अगाडि बाटोमा मोबाईल लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। माधवनारायण नगरपालिका  १ दिपही टोलका हेमचन्द्र राय यादव राती मोबाईलमा कुरा गरिरहेको क्रममा चन्द्रपुर नगरपालिका ४, पैनी टोलका किसन साहले पछाडिबाट आएर झापडले हिर्काउँदै लछारपछार गरी मोबाईल लुटेर लगेका थिए।

 लुटिएको मोबाईल स्थानिय काली मनिषा उर्फ सोनम साह कलवारलाई दिएर दुबै जना फरार भएका थिए।

पीडितको उजुरीको आधारमा प्रहरीको अनुसन्धान पछी मोबाईलसहित लुकिछिपी बसेको अवस्थामा दुवैजना आरोपीलाई पक्राउ गरिएको हो ।

अभियुक दुवैजना माथी चोरी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत