शनिबार, चैत्र ९, २०८१

पहिलो लटमा इजरायलले ९० प्यालेस्टाइनी बन्दीलाई रिहा गर्‍याे


गणेश विक


तेल अभिव । इजरायल र हमासबीच विगत १५ महिनादेखि जारी युद्ध गत जनवरी १९, आइतबारबाट रोकिएको छ । 

 इजरायलले युद्धविरामपछि पहिलो लटमा ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ भने सो अघि हमासले इजरायलका तीन महिला बन्धकलाई पनि रिहा गरेको थियो ।

 यी बन्धकहरूको नाम रोमी गोनेन, एमिली डमारी र डोरोन स्टेनब्रेचर हुन्। टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार रेडक्रसको सहयोगमा तीन जना बन्धकहरूलाई इजरायलमा फिर्ता ल्याइएको थियो।

 बन्धकहरू फर्किएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्पूर्ण देशले तपाईंलाई अँगालो हालेको बताएका छन् । युद्बबिराम पछि रिहाई भएका बन्दीहरू देखे पछि प्यालेस्टाइन र इजरायल दुबैमा उत्सव मनाएका छन् ।

 युद्धविराम घोषणा भएपछि, इजरायलको कडा नाकाबन्दीको बीचमा ६ सय भन्दा बढी ट्रक मानवीय सहायता बोकेर गाजा पुगेका थिए। प्यालेस्टाइनी नागरिकहरू युद्धग्रस्त क्षेत्रहरूबाट घरहरू निरीक्षण गर्न र आफ्ना आफन्तहरूलाई गाड्न फर्किरहेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत