शनिबार, चैत्र ९, २०८१

माओवादी नेताहरूको जिम्मेवारी बाँडफाँड तथा हेरफेर गरिदैँ


गणेश विक


काठमाडौं। नेकपा माओवादी केन्द्रले शिर्ष नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने भएको छ ।

जसका लागि केन्द्रिय पदाधिकारीको बैठक डाकिएको छ । उक्त बैठक दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजी निवास खुमलटारमा बस्ने जनाइएको छ ।

सो बैठकमा पदाधिकारी नेताको कार्यविभाजन, उमेर हदबन्दीले अवकाशप्राप्त विद्यार्थी नेताको व्यवस्थापन लगायत समसमायिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

गत माघ २ गते बसेको बैठकमा उपाध्यक्ष पम्फा भुसालले कार्यविभाजनसम्बन्धी प्रस्ताव मौखिक रूपमा पेस गरे पनि तयारी नपुगेको भन्दै कुनै जिम्मेवारी बाँडफाँड तथा हेरफेर गरिएको थिएन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत