शनिबार, चैत्र ९, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • अमेरिकामा महिला र पुरूष मात्रै छन्, तेस्रो लिङ्गी छैन्ः ट्रम्प

अमेरिकामा महिला र पुरूष मात्रै छन्, तेस्रो लिङ्गी छैन्ः ट्रम्प


गणेश विक


वासिंगटन डिसी । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसदको ४७ औं राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरे। ट्रम्पले सत्ता सम्हाल्ने बित्तिकै घरेलुदेखि विदेशसम्म अमेरिकी नीतिमा ठूलो परिवर्तन ल्याउने कुरा गरेका थिए ।

सपथपछिको ३० मिनेटको भाषणमा डोनाल्ड ट्रम्पले अमेरिका फर्स्ट नीतिअन्तर्गत जाने बताए । यसै क्रममा उनले अमेरिकामा महिला र पुरुष लिङ्ग मात्रै पहिचान हुने घोषणा गरेका छन् ।

ट्रम्पले भने, ‘आजदेखि अमेरिकी सरकारका लागि दुई लिंग मात्र हुनेछ, पुरुष र महिला। म सबै सरकारी सेन्सरशिप तुरुन्तै अन्त्य गर्न र अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता पुनर्स्थापित गर्न कार्यकारी आदेशमा पनि हस्ताक्षर गर्नेछु।’

किन भने चुनाव प्रचारका क्रममा ट्रम्पले ट्रान्सजेन्डर समुदायविरुद्ध उनले बयान दिएका थिए । ट्रम्पका रक्षामन्त्री पिट हेगसेथले सेनामा महिला र ट्रान्सजेन्डरलाई समावेश गर्दा अमेरिकाको सुरक्षा प्रणाली कमजोर भएको बताउँदै आएका छन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत