मङ्लबार, चैत्र ४, २०८१

राष्ट्र बैंकद्वारा तीन बैंक कारबाहीमा


गणेश विक


काठमाडौं । राष्ट्र बैंकले तीन बैंकलाई कारबाही गरेको छ।

कारबाही भोग्नेमा प्रभु बैंक, हिमालय बैंक र एनआइसी एसिया बैंक रहेका छन्।

सञ्चालकको पद रिक्त भए अर्को वार्षिक साधारण सभा नभएसम्मको लागि सञ्चालकको नियुक्ति सञ्चालक समितिबाट गर्न सकिने व्यवस्था भए पनि प्रभु बैंकले यसरी नियुक्ति गरिएको सञ्चालकलाई नै साधारण सभाबाट अनुमोदन गराएर निरन्तरता दिइएको भन्दै सचेत गराएको हो।

एनआइसी एसिया बैंकले आफ्ना सञ्चालक र तिनका परिवारका सदस्य, सम्बद्घ संस्थाहरूलाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज दिएको, पुरानो मिति राखेरसमेत यस्तो खातामा ब्याज दिइएको पाइएको हो।

हिमालयन बैंकले भाका नाघेका कर्जा अनुसार वर्गीकरण नगरेको पाइएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृतलाई समेत राष्ट्र बैंकले सचेत गराएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत