बुधबार, चैत्र १३, २०८१

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी


गणेश विक


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन ।

प्रधानमन्त्री निवास, बालुवाटारमा सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट पारेका छन ।

कार्यक्रममा हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न नसक्ने र लगानी स्वदेश तथा विदेशमा आदानप्रदान हुने खालका सकजीकरणका व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको भन्दै प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिएका थिए ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत