आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • राजेन्द्र महतो नेतृत्वमा नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ग्याँस सिलिन्डर

राजेन्द्र महतो नेतृत्वमा नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ग्याँस सिलिन्डर


गणेश विक


काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी दर्ता भएको छ ।

 
निर्वाचन आयोगले सो पार्टीलाई औपचारिक रूपमा दर्ता गराएको नेता केशव झाले जानकारी दिए ।

आयोगवाट दल दर्ताको प्रमाणपत्र पनि लिई सकिएको छ । उनको पार्टीको चुनाव चिन्ह ‘ग्याँस सिलिन्डर’ तोकिएको छ ।

‘आज मिति २०८१ माघ ८ गते निर्वाचन आयोगद्वारा  ूराष्ट्रिय मुक्ति पार्टी नेपालू नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरिएको छ,’ अध्यक्ष राजेन्द्र महतोले जारी गरेको सुचनामा भनिएको छ, ‘चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको छ।’

उनका अनुसार दल दर्ता नं २०१ कायम भएको छ। स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई यस पार्टीको सदस्यता ग्रहण गरि  सक्रियता साथ पार्टीमा लाग्न महतोले अपील पनि गरेका छन ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी उनले नयाँ अलग्गै पार्टी दर्ता गरेका हुन्  । 
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत