आइतवार, चैत्र १०, २०८१

यू–१९ महिला विश्वकप : नेपाल आज अष्ट्रेलियासँग भिडदैँ


गणेश विक


काठमाडौं । नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । 

 आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो ।

यसअघिको दुवै खेलमा नेपालले पराजय भोग्नु परेको थियो ।

 नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक बिकेटले पराजित भएको थियो ।

नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेट पुरा गरेको थियो अर्को खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेर जीत हासिल गरेका थिए ।

सोमबार मलेसियाको वाइएसडी युकेएम ओभलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भए पछि नेपालला आज जित्नै पर्ने दबाबमा छ ।

समूह ‘डी’ को शीर्षस्थानमा रहेको अस्ट्रेलियाले दुई खेलबाट ४ अंक जोडेको छ । बंगलादेश र स्कटल्यान्डको समान दुई अंक रहँदा नेपाल भने अंकविहीन छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत