आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • आइसीएफसी फाइनान्सको ऋणपत्र बिक्री खुला, आजदेखि आवेदन दिन सकिने

आइसीएफसी फाइनान्सको ऋणपत्र बिक्री खुला, आजदेखि आवेदन दिन सकिने


गणेश विक


काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र बिक्री खुला गरेको छ ।

फाइनान्सले आज माघ ९ गतेदेखि ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३ लाख इकाई ऋणपत्र जारी गरेको हो ।

यसमध्ये १ लाख ८० हजार इकाई कम्पनीले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । 

यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गरेको छ ।

यस ऋणपत्रमा माघ १३ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने माघ २३ गतेसम्म खुला रहनेछ । 

न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख २० हजार इकाईसम्म आवेदन दिन सकिनेछ ।

यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

आइसीएफसीले ७ वर्ष अवधिको ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न लागेको हो ।

यसमा वार्षिक ९ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । 
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत