सप्तरी । सप्तरी जिल्लामा सर्वसाधारणको पैसा लिएर ‘डबल’ गरिदिने भन्दै ठगी धन्दा चलाइरहेको गिरोहका नाइकेसहित एक जना पत्रकार पक्राउ परेका छन् ।
प्रहरीले पत्रकार महासङ्घ सप्तरीका पूर्व उपाध्यक्ष वैद्यनाथ यादवलाई पक्राउ गरेको हो ।
पत्रकार यादवमाथि ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता भएकोले पक्राउ गरिएको जिल्ला सप्तरी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दर्जनौँ मान्छेहरूको जाहेरी परेपछि प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको र सोही क्रममा पत्रकार यादव पक्राउ परेका हुन ।
यसअघि प्रहरीले पैसा डबल गरिदिने धन्दा चलाइरहेका गिरोहका मुख्य नाइके सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका –७ निवासी रामबहादुर भन्ने हनुमानी रजकलाई पक्राउ गरिसकेको छ ।
पक्राउ परेकाहरुविरुद्ध १३ वटा जाहेरी परेको प्रहरीले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ