आइतवार, चैत्र १०, २०८१

अष्ट्रेलियासँग ८३ रनले पराजयसँगै नेपाल समुहचरणबाट बाहिरयो


गणेश विक


काठमाडौं, ९ माघ । नेपाल अष्ट्रेलियासँग पनि पराजित भएको छ ।

नेपालले जारी आइसिसी यु–१९ ट्वान्टी–२० विश्वकपमा लगातार तेस्रो पराजय बेहोरेको हो ।

बुधबार समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित हुदाँ समूह चरणबाटै बाहिरिन पुगेको छ । साथै, लागतार तेस्रो जितसँगै अस्ट्रेलिया भने समूह ‘डी’ को विजेताका रूपमा सुपर–६ मा प्रवेश गरेको छ ।

यसअघि नेपाल बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटले पराजित भएको थियो ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सकेको थियो ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत