काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरीदेखि भन्सारको ऐजेन्टसम्मको नक्कली परिचय दिँदै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका– २ का ३५ वर्षीय कुशल ठकुरी भनिने दिनेश घिमिरे छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट पक्राउ गरेको हो ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा आएका सुन, आइफोन छुटाउनेदेखि भन्सारले लिलाम गर्न लागेका स्कर्पियो, क्रेटा गाडीहरू समेत सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको खुलेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ