बुधबार, चैत्र ५, २०८१

आज संघीय संसदका तीन समितिको बैठक बस्दैँ


गणेश विक


काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ ।

 संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ । 

 जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।

उता, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल ऐनलाइ संसोधन गर्न बनेको बिधेयकको सबन्धमा श्रम, सामाजिक तथा रोजगार मन्त्रालयसँग सबन्धित दफाहरूमा छलफल हुनेछ ।

साथै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुने समितिले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत