बिहिबार, चैत्र ६, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल


गणेश विक


काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ७१औं लाइसेन्स परीक्षाको नतिजा चिन्ताजनक आएको छ ।

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालित परीक्षामा करिब दुई तिहाइ परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

काउन्सिल रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार, एमबीबीएस र बीडीएसतर्फ कुल ८४४ जनाले परीक्षामा सहभागिता जनाएका थिए । तर, उत्तीर्ण संख्या मात्र २६२ जना (३१.०४ प्रतिशत) रहेको छ । यसमध्ये ५६२ जना (६८ प्रतिशत) अनुत्तीर्ण भएका छन् ।

मेडिकल तर्फ ७७० जनाले फारम भरेकोमा १७ जना अनुपस्थित रहेका थिए । ७५३ जनाले परीक्षामा सहभागिता जनाउँदा २४१ जना (३२.०१ प्रतिशत) मात्र उत्तीर्ण भए । यस समूहमा ७ जनाको नतिजा रोकिएको छ ।

बीडीएस तर्फ ९५ जनाले फारम भरेकोमा ४ जना अनुपस्थित रहँदा ९१ जनाले परीक्षामा सहभागिता जनाए । त्यसमध्ये २१ जना (२३.०८ प्रतिशत) उत्तीर्ण भए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत