बुधबार, माघ २८, २०८२

पशुपति विकास कोष र ट्रान्सफर्मरको भ्रष्टाचार मुद्दा पेसीमा


गणेश विक


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले खरिद गरेको ट्रान्सफर्मरमा भ्रष्टाचार भएको जिकिर गरिएको मुद्दा र एमालेका नेता जोडिएको पशुपति विकास कोषको भ्रष्टाचार मुद्दा आज पेसी तोकिएको छ।

न्यायाधीशद्धय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासमा पेसी तोकिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा लामो समयदेखि सर्वोच्चमा पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको छ । यी विवाद विशेष अदालत हुँदै सर्वोच्च आइपुगेको हो । प्राधिकरणको ६४ करोडको भ्रष्टाचार सम्बन्धी मुद्दा १० नम्बरमा पेसी छ ।

ट्रान्सफर्मर काण्डमा प्राधिकरणका उच्च पदस्थ कर्मचारीसहित ६० जना प्रतिवादी रहेका छन् ।

यो मुद्दा २०७४ जेठ ४ गते देखि सर्वोच्चमा विचाराधीन रहेको छ। विशेष अदालतले २०७३ चैत १७ गते प्राधिकरणका उच्च नेतृत्व र विदेशीसहित २५ लाई दोषी ठहर गर्दै उनीहरूबाट ४६ करोड असुल्न आदेश गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरणको ‘बहुचर्चित ट्रान्सफर्मर घोटाला काण्ड’ मा प्राधिकरणका तत्कालीन दुई प्रमुख कार्यकारी निर्देशकसहित २० कर्मचारी दोषी ठहर भएका थिए ।

त्यसैगरी ट्रान्सफर्मर सप्लाइ गर्ने चिनियाँ र थाई कम्पनीका पाँच जना पनि दोषी ठहर भएका थिए । विशेषले दोषी ठहर भएकाहरूबाट ४६ करोड ३० लाख रुपैयाँ बढी जरिवानास्वरुप असुल्न भनेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत