आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • एमाले नेता ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान अघि बढाउन अदालतको परमादेश

एमाले नेता ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान अघि बढाउन अदालतको परमादेश


गणेश विक


काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरमाथि उच्च अदालत पाटनमा दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धानको प्रक्रिया अघि बढाउन आदेश भएको छ ।

बिहीबार न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको हो ।

आफू महरबाट बलत्कृत भएको भन्दै पीडित महिला रश्मिलाकुमारी धामीले यसअघि नै प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । तर, प्रहरीले उक्त जाहेरी दर्ता गर्न अस्वीकार गर्दै तामेलीमा राखेको थियो ।

प्रहरीले आफ्नो जाहेरी तामेलीमा राखेपछि पीडित महिला रश्मिलाकुमारी धामी उच्च अदालत गएकी थिइन् ।

बिहीबार न्यायाधीशद्वय प्याकुरेल र कोइरालाको इजलासले प्रहरीले तामेलीमा राखेको प्रक्रिया नमिलेको ठहर गर्दै अनुसन्धानको प्रक्रिया अघि बढाउने आदेश गरेको सोही मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए ।

सोही मुद्दाका अन्य दुई वटा रिट भने खारेज भएका छन् ।

आफूमाथि पटकपटक यौन शोषण भएको तर प्रतिवादीले कुनै जिम्मेवारी नलिई निरन्तर प्रताडित गर्दै आएको भन्दै उजुरी लिएर धामी बालकोट,प्रहरी र सरकारी वकिल कार्यालय धाउँदै आएकी थिइन् । कतैबाट सुनुवाइ नभएपछि माइतीघर मण्डलामा धर्नासमेत बसिन् ।

सत्ताको आडमा महरले प्रहरी लगाएर थुनाउने, मानसिक तनाव दिने क्रम झन् तीब्र पारेपछि धामीले अदालत परिसरमै विष सेवनको प्रयाससमेत गरेकी थिइन् । अन्तत: आज अदालतले न्यायका लागि उनले राखेको याचना स्वीकार गरेको छ ।

बझाङ स्थायी घर भएका महरलाई २०७८ मंसिरमा केन्द्रीय सदस्य मनोनीत गरिएको थियो ।

यौन विचलनमा परेको अडिओ सार्वजनिक भएपछि पार्टीले उनलाई एक पटक निलम्बन गरेको थियो ।

पछि फेरि सचिवालय बैठकबाटै महरलाई जिम्मेवारीमा फर्काइएको थियो ।

एमाले नेता महर मुछिएको अडियोको नालीबेली

ऐन: म चाहिँ विश्वास र माया हो ।

महिला: मैले चाहिँ विश्वास गरेका हैन ?

ऐन: हिजो जसरी म तँलाई बर्बाद पार्छु सिध्याउँछु तिमिले दुनियाँ कुरा जुन भन्यौँ त्यो कुराले म असाध्यै अचम्मित भयभीत र त्रसित भा’को हु । तिमीसँगको जुन माया र विश्वास थियो अब त्यो चाहिँ रहेन ।

महिला: अब के रह्यो त बाँकी ? म सँग पनि विश्वासको कुरा नै रहेन निँ तपाईँको ।

ऐन: मैले जे कुरा भनेपछि अन्यत्र लगेर सुनाउँदा रहेछौ । अरूको कुरा सुनेर मसँग झगडा गर्न आउँथ्यौ ।

महिला: यति नराम्रो बनाउनु भो, तपाईँले चरित्रहीन नै बनाउनु भयो क्या ?

ऐन: छैन, चरित्रहीन हैन । मैले त तिम्रो र मेरो इज्जत जोगाउन खोजेको । तिमीले मसँग सम्बन्ध भयो भनिरहँदा मैले होइन, उसले रिसले भनिरहेको छ भनेर मैले जोगाएको हुँ ।

महिला: मैले त सवैलाई (परिवार)मा भनेँ नि त । अब १० चोटि कत्ति एउटै कुरा गर्ने ? तपाईँले औषधी किन्देको भए केही हुने थिएन । तपाईँले त्यहाँदेखि मलाई इग्नोर गर्दै आउनु भएको हो क्या । तपाईँले मलाइ जस्ट युज मात्रै गरेको रै’छ मलाई थाहा भयो । म कति रोएँ क्या त्यो बेला ।

ऐन: युज को कुरा गर्छौ, युज त तिमीले मलाई गरेको फिल भैराछ ।

महिला: सेक्स गरेको भनेर औषधि किन्दिनु भनेर म (उसलाई) भन्नु ?

ऐन: तिमीले रेकर्ड त गरेको छैनौँ निँ ?

महिला: नोबाल्नु नत, म कानुनी प्रक्रियामा जान्छु मेरो मोबाइल लिएर जानु । मेरो प्रमाण छ थुप्रै, नानीलाई पठाएको छु ।

ऐन: ए, भनेपछि तिमी आफू कानुनी रूपमा परिपक्व भएर फसाउन बसेका छौ ?

महिला: मेरो घर वरिपरि मान्छेहरू किन आउँछन् मार्नलाई भनेर ?

ऐन: मैले भाइहरूलाई पनि बोलाएर भनेँ । गल्ती भयो भाइ हो, ऊसँग नजिक थिएँ भनेको छु । तर, धम्की दिएको छैन ।

महिला: धम्की किन दिएको छैन, घर वरपर आएर ? मलाई मार्ने भए मार्नु, म तपाईंकै अगाडि मर्दिन्छु ।

ऐन: मर्ने मार्ने कुरा नगर, मलाई मार्नु पनि छैन । मेरो कुरा के भने, तिम्रो पनि इज्जत जोगियोस् भविष्य बनोस् ।

महिला: मेरो त भविष्य खतम भैसकेको छ । डिभोर्स गर्छु । तपाईँको के हो ?

ऐन: डिभोर्स नगर, मिलेर बस । जुन तिमीहरू मिलेकै छौँ नाटक जस्तो लागिरा’छ तिमीहरूको । अहिले मेरा विरुद्ध पनि सँगै हिँडिरहेका छौ । तर, हिजो जसरी भन्यौ म रातभर सुत्न सकेको छैन । डिभोर्स नगर, मिलेर बस त्यसको लागि के वातावरण बनाउनुपर्छ , मैले के सहयोग गर्नुपर्छ ? आत्मीयता, साथ सहयोग मेरो रहन्छ । कहिल्यै नराम्रो गर्दिनँ, नराम्रो सोच्दिनँ ।

महिला: आज भने आज भोलि भने भोलि डिभोर्स दिन्छु, साइन गर्न बाँकी त हो नि !



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत