मङ्लबार, चैत्र १२, २०८१

लस एन्जलसको आगलागी फेरी बढ्यो


गणेश विक


अमेरिकाको लस एन्जलसमा फेरि आगलागी बढेको छ । आगलागी फेरी बढेपछि हजारौं मानिसहरूलाई सुरक्षित स्थानहरूमा सारिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अहिले आगलागी भएको क्षेत्र शहरबाट ४५ माइल टाढा छ । यो आगलागी कास्टेइक ताल नजिकैको पहाडी क्षेत्रमा लागेको हो । यसको नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् । आगोको ज्वालाले ८ हजार एकडभन्दा बढी क्षेत्रफललाई ध्वस्त पारेको छ । यो आगो बढाउनमा तीव्र हावा र सुख्खा झाडीहरूले इन्धनको काम गरिरहेको बताइएको छ ।

यस आगलागीबाट अहिलेसम्म कुनै पनि घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दाहरू उक्त क्षेत्र छोड्न बाध्य भएका छन् ।

अमेरिकाको क्यालिफोर्नियाका अग्निनियन्त्रकहरूले अझै पनि जंगलमा लागेको आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीमा अहिलेसम्म २५ जनाको मृत्यु भएको छ भने `१० हजार भन्दा बढी घरहरु ध्वस्त भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत