बुधबार, चैत्र ५, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • विद्यालय भित्रै शिक्षक शिक्षिकाको अश्लील भिडियो भाइरल, के हो त भिडियोको वास्तविकता ?

विद्यालय भित्रै शिक्षक शिक्षिकाको अश्लील भिडियो भाइरल, के हो त भिडियोको वास्तविकता ?


गणेश विक


काठमाडौं । सोशल मीडियाले अब गोप्यता भन्ने केही बाँकी राखेन । यो मात्र हैन, अपराध र हर्कतपनि सोच्नै नसक्ने भइरहेका छन् । भारतको राजस्थान राज्यको चित्तौडगढ जिल्लामा सार्वजनिक भएको एक भिडियोले शिक्षाको मन्दिर मानिएको विद्यालयको प्रतिष्ठालाई ठूलो धक्का पुर्याएको छ।

यो भिडियोमा विद्यालयका प्रधानाध्यापक र महिला शिक्षिकाको अश्लिल गतिविधि सीसीटीभी क्यामरामा कैद भएको छ । यो भिडियोले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। भिडियोलाई हेरेपछि स्थानीयवासीको आक्रोश बढेको छ । उनीहरूले प्रधानाध्यापक र शिक्षिकालाई बर्खास्त गर्न माग गरेका छन्।

भिडियोमा स्पष्ट देखिन्छ कि महिला शिक्षिका प्रिन्सिपलको चेम्बरमा पसेकी थिइन् । प्रिन्सिपलले ढोका हेर्दै अश्लिल गतिविधि शुरू गर्छन् । भिडियो सार्वजनिक भएपछि शिक्षा विभागका उच्च अधिकारीहरूले दुवैलाई निलम्बन गरेका छन्।

यो पहिलो पटक होइन, प्रधानाध्यापक अरविन्द व्यास र महिला शिक्षिकाको अन्य धेरै अश्लिल भिडियोहरु बाहिर आएका छन्। महिला शिक्षिका प्रायः प्रिन्सिपलको कोठामा जान्थिन् र उनीहरू लगातार अश्लिल गतिविधिमा संलग्न हुन्थे।

गोप्य रूपमा सीसीटीभी जडान गरिएको थियो, जब अन्य शिक्षकलाई उनीहरूको गतिविधिमा शंका लागेको थियो। त्यसपछि प्रधानाध्यापक र महिला शिक्षिका आपत्तिजनक अवस्थाहरूमा देखिए र त्यसको भिडियो सार्वजनिक भएको हो। भिडियो भाइरल भएपछि विद्यालय र शिक्षा विभागमा हलचल मचिएको छ। महिला शिक्षिका विवाहित छन् र उनका श्रीमान कारखानामा काम गर्छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत