शनिबार, चैत्र ९, २०८१

दुई वरिष्ठ न्यायाधीशको गोली हानी हत्या


गणेश विक


काठमाडौँ । इरानको राजधानी तेहरानमा दुई न्यायाधीशको गोली हानी हत्या गरिएको छ ।

इरानको सर्वोच्च अदालत बाहिर दुई वरिष्ठ न्यायाधीशको गोली हानी हत्या गरिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

आक्रमणमा अर्का न्यायाधीश र एक अंगरक्षक पनि घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

गोलीबारी लगत्तै अज्ञात आक्रमणकारीले आफैलाई पनि गोली हानेको बताइएको छ । आक्रमणको उद्देश्य के थियो भन्ने कुरा अझै थाहा भएको छैन ।

तर मारिएका दुवै न्यायाधीश ८० र ९० को दशकमा इस्लामिक शासनका विरोधीहरूको उत्पीडन र हत्यामा आफ्नो भूमिकाका लागि परिचित रहेको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत