आइतवार, फाल्गुन ३, २०८२

विद्यालयको बसमाथि आक्रमण गर्नेलाई फाँसी


गणेश विक


एजेन्सी । जापानी विद्यालयबाहिर विद्यालयको बसमा आक्रमण गर्ने एक चिनियाँ पुरुषलाई फाँसी दिइएको छ ।

चीनको एक अदालतले ५२ वर्षका झोउ जियाशेङलाई जुन २४ को घटनाका लागि उक्त सजाय दिएका हुन् ।

जागिर गुमाएको अनि कर्जामा चुर्लुम्म डुबेकोले बाँच्ने इच्छा मरेपछि ती पुरुषले चीनको शुझोउ प्रान्तमा रहेको जापानी विद्यालयबाहिर रहेको बसमा जापानी आमा र बच्चालाई चक्कुले हानेका थिए ।

यिनीहरूलाई बचाउने क्रममा उक्त बसकी चिनियाँ अटेन्डेन्ट महिला हु यूपिङले ज्यान गुमाइन् । हालैका दिनमा चिनियाँ अधिकारीहरूले यस्तै खालका घटनाका दोषीलाई एकपछि अर्को गर्दै मृत्यु दन्डको सजाय दिइरहेको समयमा यो खबर आएको हो ।

झोउले जानी जानी अरूको ज्यान लिन खोजेको अनि उनको उक्त अपराधले समाजमा उल्लेख्य प्रभाव पारेकोले उनलाई उक्त दण्ड दिइएको जापानको मन्त्रीपरिषद्का मुख्य सचिव योशिमासा हायाशीले पत्रकार सम्मेनमा भनेका थिए ।

तर यो सुनवाइमा अदालतले जापानको नाम भने उल्लेख नगरेको उनले बताए । अपराधीलाई फाँसीको सजाय दिने समयमा शाङ्हाईस्थित जापानी वाणिज्य दूतावासका अधिकारीहरू उपस्थित रहेको बताइएको छ । उक्त अपराधलाई हायाशीले बिलकुल अक्षम्य भनेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत