आइतवार, कार्तिक २३, २०८२

टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार


गणेश विक


स्याङ्जा । स्याङ्जामा एक शिक्षकले टिउसन पढ्न बोलाएर विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको खुलेको छ ।

जिल्लाको एक विद्यालयमा कार्यरत शिक्षक नरेश चौधरीले गत पौष २६ गते विद्यालयमै बिहान करिब ६ः३० बजे आफ्नै विद्यालयकी १५ बर्सिया बालिकालाई टिउसन पढ्न बोलाएर यौन दुरुपयोग गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरि प्रसाद पौडेलले जानकारी दिए ।

पीडितको जाहेरीको आधारमा शिक्षक चौधरीलाई पौष १० गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यौन दुराचार लगत्तै फरार शिक्षकलाई चितवनबाट पक्राउ गरिएको हाे ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत