शनिबार, चैत्र ९, २०८१

नेपाल सामु मलेसियाले प्रस्तुत गर्‍याे ४६ रनको लक्ष्य


गणेश विक


काठमाडौं । मलेसियाले नेपाल सामु ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपको प्ले अफमा नेपालसामू घरेलु टोली मलेसियाले ४६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

जोहर क्रिकेट एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल तयार पारेको हो ।

नेपाल बिरूद्द उत्रिएको मलेसियाकी नुरीमनले १५ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।

नेपालका लागि कप्तान पूजा महताले ३.५ ओभरमा मात्र ९ रन खर्चिदै सार्वधिक चार विकेट लिएकी थिइन् ।

यससँगै उनी सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छन् । जारी विश्वकपमा पूजाको यो नवौं विकेट हो ।

समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको थियो । यता मलेसिया, भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत