आइतवार, कार्तिक २३, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • ५५ वर्षीय पुरुषबाट ९ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास

५५ वर्षीय पुरुषबाट ९ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास


गणेश विक


हेटौंडा । नाबालिकालाई करणीको प्रयास गरेको भन्दै हेटौंडाबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा बालिकामाथि करणीको प्रयास गरेको भन्दै ५५ वर्षीय एक जना पुरुषलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

पीडित पक्षको जाहेरीका आधारमा हेटौंडा–९ का स्थानीय रहेका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए। ती पुरुषविरुद्ध पीडितका परिवारले बिहीबार प्रहरीमा जाहेरी दिएको उनले बताए।

जाहेरी अनुसार हेटौंडा ९ प्रगति टोलका ५५ वर्षीय पुरुषले ९ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको परिवारको दाबी छ। उनले घटनाको बारेमा अनुसन्धान थालिसकिएको बताए।

व्यक्तिगत गोपनीयता र अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले जाहेरी परेको व्यक्तिको बारेमा तत्काल गोपनीयता कायम गरिएको उनको भनाई छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत