बुधबार, चैत्र ५, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायक कमला अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायक कमला अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा


गणेश विक


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत तत्कालीन प्रशासनतर्फ वरिष्ठ सहायक कमला अधिकारीविरुद्ध आरोप-पत्र दायर गरेको छ ।

आयोगले शुक्रबार शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा अधिकारीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आयोगका अनुसार अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा आयोगले अनुसन्धान गर्दा उनले प्रशासनतर्फ वरिष्ठ सहायक पदमा बढुवा प्रयोजनको लागि प्रमाणपत्र तहको झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी पदोन्नति भएको पाइएको थियो ।

अधिकारी उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोप-पत्र दायर गरिएको घिमिरेले बताए ।

जिल्ला चितवन, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत तत्कालीन प्रशासनतर्फ बरिष्ठ सहायक कमला अधिकारी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।

प्रेस विज्ञप्ति:- मिति २०८१।१०।११ गते।

जिल्ला चितवन, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा प्रशासनतर्फ बरिष्ठ सहायक पदमा कार्यरत कमला अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला चितवन, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत कमला अधिकारीले प्रशासनतर्फ बरिष्ठ सहायक पदमा बढुवा प्रयोजनको लागि प्रमाणपत्र तहको झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र (Transcript) पेश गरी पदोन्नती भएको पाइएकोले निज उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत