आइतवार, माघ २७, २०८१
  • गृहपृष्‍ठ
  • ब्लग
  • महासचिव उम्मेदवार प्रतिक कार्कीलाई अमेरिकाबाट खुल्ला पत्र

महासचिव उम्मेदवार प्रतिक कार्कीलाई अमेरिकाबाट खुल्ला पत्र


कान्तिपथ


समय २०७३/७४ साल तिरको हो। त्यो बेला वर्षौं-वर्ष देखि नेपाल ल क्याम्पसको विद्यार्थी राजनीति केही सिमित (गैर)विद्यार्थीले कब्जा गरेर बसेका थिए। त्यो जालो सजिलै फुट्ला भन्ने कसैलाई लागेको थिएन। स्व.वि.यु. निर्वाचन नहुनु र स्व.वि.यु.लाई कुरेर बस्ने परिपाटी थियो।

त्यहीँ समयमा एउटा अखिल क्रान्तिकारीमा एउटा विद्रोह जन्मियो- त्यो नाम ‘प्रतिक’ हो। उहाँको अग्रसरतामा त्यो वर्षौंदेखिको कब्जामा रहेको जालो फुट्यो। त्यसको वाछिटाले अन्य मित्र-संगठनहरुलाई पनि विद्रोही बन्न सिकायो। अधिवेशनहरु भए। फरक चेहरा ल क्याम्पसले देख्यो।

म उहाँको संगठनमा पनि लागिन। मलाई उहाँ प्रति सद्भाव राखेर व्यक्तिगत नाफा-घाटा पनि छैन। उहाँबाट केही लिएको पनि छैन, केही दिएको पनि छैन। तर उहाँको त्यहीँ स्वाभावले क्रान्तिकारीको केन्द्रमा समेत उमेरहदको विषयले निर्वाचन गरायो।र त अहिले नविन अनुहारले उम्मेदवारी दिएका छन्।
फलस्वरूप: यसका वाछिटा अन्य संगठनहरुमा क्रमशः आउँछन्। यसले समग्र राजनीति स्वच्छ बनाउछ।

उहाँको पारिवारिक पृष्ठभुमिले उहाँ प्रती कसैको सहानुभूति भेटिएला तर ‘प्रतिक’ मान्छे सहानुभूति भन्दा टाढा छ।

देशमा थुप्रै संगठन छन। अखिल क्रान्तिकारी पनि एक हो। यो पनि एउटा विचार समुह हो। त्यसैले समुहको नेतृत्वमा ‘प्रतिक’ आउनाले भविष्यमा ‘प्रतीक’ हरुले पार्टी राजनीतिसम्म भुमिका खोज्छन्। र युवालाई विद्रोही र चेतनशील बनाउछ भन्ने लाग्छ।

त्यसैले,क्रान्तिकारीका साथीहरूलाई एउटा अवसर आएको छ। प्रतिकलाई सहानुभूति नदिनुस् भूमिका दिनुस्।

प्रतिक कार्की दाई लाई धेरै धेरै शुभकामना !! क्रान्तिकारीको महासचिवमा देख्न पाइयोस् ।

  • फर्सुराम पाण्डे, अमेरिका


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत