शनिबार, चैत्र ९, २०८१

एपीएफले जित्यो प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटको उपाधि


गणेश विक


धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटको उपाधि सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले जितेको छ । आज भएको फाइनलमा सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

सुदूरपश्चिमले दिएको ६८ रनको सामान्य लक्ष्य पछाएको एपीएफले ४३ बल बाँकी रहँदै एक विकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफकी ममता चौधरीले ४३ रन बनाइन भने इन्दु बर्माले १८ रन बनाएकी थिइन् ।

त्यसअघि फाप्ला मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १८ ओभरमा ६७ रनमा अलआउट भएको थियो । सुदूरका लागि मनिषा बोहराले १८ र विन्दू रावलले १७ रन बनाएकी थिइन् ।

एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । एपीएफले महिला पीएम कप सातौंपटक जितेको हो । इन्दु बर्माको कप्तानीमा एपीएफले पहिलोपटक उपाधि जितेको हो ।

यसअघि एपीएफले सन् २०१६ देखि सन् २०१९ सम्म लगातार तथा त्यसपछि २०२१ र २०२३/२४ मा उपाधि जितेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत