काठमाडौं । लोकसेवा आयोगले स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न सरकारलाई सचेत गरेको छ।
आयोगले संघीय शासन प्रणालीको मर्मअनुरूप संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने भन्दै सरकारलाई सचेत पारेको हो।
आयोगले आफ्नो ६५औं वार्षिक प्रतिवेदनमा सरकारलाई महत्वपूर्ण सुझाव दिँदै संघीय निजामती सेवा ऐन जारी गर्न भनेको हो। संघीय शासन प्रणाली लागू भएको ९ वर्ष बितिसक्दासमेत सरकारले सो शासन प्रणालीअनुसारको संघीय निजामती सेवा ऐन जारी गर्न सकेको छैन।
हाल संघीय निजामती सेवा विधेयक संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफलको क्रममा छ।
समितिमा छलफलमा नै रहेको अवस्थामा लोकसेवा आयोगले सो कानुनमा संलग्न गर्नुपर्ने महत्वपूर्ण ६ बुँदे सुझाव दिएको हो।
जसअनुसार नेपालीको औसत आयु वृद्धि भएकाले कर्मचारीको उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्याउन सरकारलाई भनिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ