आइतवार, चैत्र १०, २०८१

रास्वपाको सचिवालय बैठक भोली बस्दै


गणेश विक


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सोमबार बस्ने भएको छ ।

बैठक सोमबार बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थली, काठमाडौँमा बस्ने कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् ।

बैठकमा समसामयीक राजनीति र पार्टी गतिविधि,विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरु प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१) मा छलफल हुने कार्यसूची रहेको रावलले जानकारी दिएकी छन् ।

उनका अनुसार बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता विषयमा, संसद अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन सम्बन्धमा समेत छलफल हुने एजेण्डा रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत